दफा ५९
अख्तियारनामा दिन सकिने
(१) यस ऐन बमोजिम कुनै उद्योग वा सो उद्योगमा स्वामित्व भएको व्यक्तिले आफूले गर्नु पर्ने केही वा सबै काम गर्नको निमित्त कुनै व्यक्तिलाई अख्तियारनामा दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम दिइएको अख्तियारनामा बमोजिम काम गर्न त्यस्तो अख्तियारनामाको प्रतिलिपि नोटरी पब्लिकद्वारा प्रमाणित गराई उद्योग दर्ता गर्ने निकायमा उपलब्ध गराउनु पर्नेछ। उच्योग दर्ता गर्ने निकायले आवश्यक ठानेमा त्यस्तो अख्तियारनामाको सक्कल हेर्न सक्नेछ।